बाजुरामा कालाजारको प्रकोप, जाँच गर्ने किटको अभाव



Download our app to get more features

बाजुरा, ३० भदौ । बाजुराको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारको प्रकोप देखिन थालेको छ। त्यस क्षेत्रमा बैशाखदेखि असारसम्म ४ जना कालाजारका बिरामी देखा परेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले बताए। 

बाजुराका चार स्थानीय तह बुढीनन्दा, हिमाली, जगन्नाथ, स्वामीकार्तिक गाँउपालिकामा कालाजारको प्रकोप बढदै गएको स्वास्थ्यकर्मीले बताएका छन्। दिनप्रतिदिन बिरामी बढदै गएपनि जाँच गर्ने किट नहँुदा शंकास्पद् बिरामी रेफर गर्ने गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। 

कालाजार जाँच गर्ने आरके थ्रटी नाइ भन्ने प्राथमिक स्वास्थ्य केन्द्रमा दुइ महिनादेखि सकिएको डा।जैशीले बताएका छन्। किट नभएपछि कालाजारको ४ जना शंकास्पद् बिरामीलाई नेपालगञ्ज रेफर गरेको उनले बताए। 

स्वास्थ्य कार्यालय बाजुरामा यो  समस्याबारे पटकपटक जानकारी गरेको भएपनि किट नपाएको स्वास्थ्य केन्द्रले जनाएको छ।  उता स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने किटका लागि प्रदेशबाट नै ढिला भएको बताएका छन्। किट बल्ल सदरमुकाम पुगेको र अबको केही दिनमा कोल्टी पुग्ने पन्तले बताए। 

तराईका जिल्लामा देखिने कालाजार रोग पछिल्लो केहि वर्षयता बाजुरामा पनि देखा पर्न थालेको छ। कालाजार सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको डा। जैशीले बताएका छन्। 
कोल्टी क्षेत्रमा एक वर्ष  पहिले कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो।

Last modified on 2020-09-15 18:41:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts