नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु, संख्या ३ सय ७१ पुग्यो

काठमाडौं, ३० भदौ । नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ जना महिला र ७ जना पुरुष गरि थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिरहाका ३५ वर्षीया, बाराका ५५ वर्षीया, काठमाडौंका ८६ वर्षीया र रुपन्देहीका ६४ वर्षीया ४ जना महिला रहेका छन् ।
यस्तै सर्लाहीका ६४ वर्षीय, काठमाडौंका ३४ वर्षीय, ९६ वर्षीय, ६६ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय ७ जना पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।
यसैगरि हाल नेपालभर १ सय ७४ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।