२४ घन्टामा थपिए १४ सय ५९ नयाँ संक्रमित, एक हजार ६२ स्वस्थ

काठमाडौं, ३० भदौ । नेपालमा थप १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा विभिन्न ४७ वटा प्रयोगशालामा गरिएको १० हजार ३ सय ७५ पिसिआर परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको बताए ।
यस्तै गत २४ घन्टामा थप १ हजार ६२ जना कोरोना संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ४० हजार ३ सय ३८ पुगेको पनि उनले बताए ।
Last modified on 2020-09-15 16:50:39