बैतडीमा जडान भयो कोरोना परीक्षण गर्ने आरटी पिसिआर मेसिन



Download our app to get more features

बैतडी, ३० भदौ । बैतडीमा कोरोना भाइरसको परीक्षणका लागि आरटी पिसिआर मेसिन जडान भएको छ ।

मेसिन जडान भएपनि असोज एक गतेबाट मात्रै पिसिआर प्रयोगशालाबाट कोरोनाको परिक्षण सुरु हुने भएको हो । 

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउने उक्त प्रयोगशालाको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ ।

प्रयोगशाला सञ्चालन गर्न करिब ४० लाख खर्च भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर सिंहले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts