कोरोना सम्बन्धी विषयमा अनुसन्धान गर्नका लागि विज्ञ समूह गठन गरिने
यस्ता छन् आईसीएसका १२ बुँदे निर्णयहरु

काठमाडौं, ३० भदौ । सरकारले कोरोना सम्बन्धी विषयमा अध्ययन अनुसन्धान गर्नका लागि विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) पदाधिकारीहरु सम्मिलित बैठकले कोरोना सम्बन्धी अध्ययन अनुसन्धानका लागि स्वतन्त्र विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले १२ बुँदे निर्णय गर्दै चिन्ह वा लक्षणहरु देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्ने भएको छ । सरकारले अबदेखि विपन्न नागरिकको उपचार निःशुल्क गर्ने र अन्य व्यक्तिले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको छ ।
यसैगरी अन्तर जिल्ला आवागमनका हकमा भने स्थानीय तहको नियमित सम्पर्क र जानकारी उपलब्ध गराउने गरि घरमै १४ दिन क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउने, क्वारेन्टाइन सम्बन्धी व्यवस्था र मापदण्ड पालना नगर्ने व्यक्तिहरुलाई संक्रामक ऐन २०२० अनुसार कारबराही गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै कोभिड १९ लक्षण चिन्ह देखिएका व्यक्तिहरुमा मात्रै अब कोरोना परीक्षण गरिने, क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमध्ये कसैमा कोभिड १९ को चिन्ह वा लक्षणहरु देखिएमा मात्रै आरटी पिसिआर परीक्षण गर्ने पनि निर्णय गरिएको छ ।
यस्ता छन् आईसीएसका १२ बुँदे निर्णयः