बाराकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

पर्सा, ३० भदौ । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवानाकी ५५ वर्षीया महिलाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले सोमवार बिहान सवा ११ बजे अस्पतालमा भर्ना भएकी उनको साँझ सवा सात बजे मृत्यु भएको बताए ।
मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित ती महिलामा कडा खालको कोभिड निमोनिया देखिएको डा चौरसियाले बताए । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको उनको जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।