सार्वजनिक यातायात र हवाई उडान असोज ५ गतेदेखि संचालन हुने
मन्त्रिपरिषद् बैठक

काठमाडौं,२९ भदौ । सरकारले असोज ५ गतेबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएका थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दुरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ।
यस्तै, भदौ २९ गते कार्यकाल सकिएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता दिने विषयमा पनि सार्वजनिक दबाब रहेको थियो। तर यो विषयमा ठोस निणर्य भएको नभएकोबारेमा खुलाइएको छैन् ।