बुटवलमा १८ दिनदेखि भेन्टिलेटरमा उपचाररत ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

रुपन्देही, २९ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ।

बुटवल ११ की ७२ वर्षकी महिलाको सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार १० भदौमा अस्पतालमा भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। सोमबारै बिहान कपिलवस्तु शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जनाको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts