काठमाडौं उपत्यकामा मात्रै ५१२ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २९ भदौ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन।

काठमाडौंमा ४ सय ४० , ललितपुरमा  २९ र भक्तपुरमा ४३ जनालाई  कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ।

काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९०  र भक्तपुरमा  १ हजार ३१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। २४ घण्टा ८ सय ७९ जना डिस्चार्ज भएका छन्।  
देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ३९ हजार ५ सय ७६ जना पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts