चितवनमा साेमबार थप ५८ जनामा काेराेना संक्रमण पुष्टि, भरतपुरमा मात्रै २६ जना थपिए



Download our app to get more features

 चितवन, २९ भदाै । चितवनमा साेमबार थप ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) मा ४७ जना र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा ११ जना गरी साेमबार थप ५८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । संक्रमित पुष्टि हुनेमा ४४ जना पुरूष र १४ जना महिला रहेका छन् । जसमध्ये चितवनका मात्रै ३५ जना छन् । त्यस मध्ये पनि भरतपुर महानगरपालिकाका मात्रै २६ जना रहेका छन् ।

जिल्ला बाहिरका अन्य संक्रमित हुनेहरूमा मकवानपुरका १५ जना, पूर्वी नवलपरासीका २ जना छन् । त्यसैगरि झापा, रौतहट, सर्लाही र तनहुँ जिल्लाका समान एक/एक जना गरी चार जना छन् ।

यसअघि साेमबार बिहान भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालाबाट प्राप्त नतिजा अनुसार चितवनका २ वर्षीय बालक र ४ वर्षीया बालिका सहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । उनीहरूकाे आइतवार अबेर रातिसम्म गरिएकाे काेराेना परीक्षणकाे नतिजा साेमबार बिहान प्रकाशन गरिएकाे थियाे ।

Last modified on 2020-09-14 19:48:56

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts