कोरोना परीक्षणका लागि तोकिएको शुल्क कार्यान्वयन गर्न/गराउन सातै प्रदेशलाई सरकारको निर्देशन



Download our app to get more features

काठमाडौं, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको शुल्क कार्यान्वयन गर्न गराउन निर्देशन दिएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले सरकारले निर्धारण गरेको आरटी पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शुल्क कार्यान्वयन गर्न सबै अस्पतालहरुलाई निर्देशन दिइएको बताए ।

उनले आइतवार भएको निर्णय अनुसार सरकारले निर्धारण गरेको आरटी पिसिआर परीक्षण शुल्क २ हजार मात्रै लिनका लागि निर्देशन दिइएको बताए ।

डा अधिकारीका अनुसार सरकारले तोकेको पिसिआर परीक्षण शुल्क कार्यान्वयन गर्न गराउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र सातै प्रदेशका सामाजीक विकास मन्त्रालले समेत निर्देशन दिइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts