२४ घन्टामा १० पुरुष र ५ महिलाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, २९ भदौ । नेपालमा थप १५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ जना महिला र १० जना पुरुष गरि १५ जनाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो ।
मृत्यु हुनेमा प्रदेश एकको मोरंगका २ जना ४० र ७० वर्षीय पुरुषहरु, बागमति प्रदेशका ६१ वर्षीया एक जना महिला र ७७, ६२, ७३, ८५, ७०, ५५, ७३ र २३ वर्षीय पुरुष गरि ९ जना, गण्डकी प्रदेशको गोरखाका ६३ वर्षीया महिला, प्रदेश ५ को नवलपरासीकी ६२ वर्षीया र कपिलवस्तुकी ४७ वर्षीया दुई जना महिला र प्रदेश २ को पर्साकी ५५ वर्षीया महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ भने कुल संक्रमितमध्ये मृत्युदर शून्य दशमलव ६५ प्रतिशत पुगेको छ ।
यसैगरी नेपालभर १ सय ७९ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।