नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्यो, ३९ हजारभन्दा बढी स्वस्थ



Download our app to get more features

काठमाडौं, २९ भदौ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५५ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमिभ कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ११ सय ७० जना नयाँ संक्रमित थपिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा नेपालका विभिन्न ४७ वटा प्रयोगशालामा गरिएको १० हजार ८ सय ७८ पिसिआर परीक्षणको क्रममा थप ११ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ८ सय ७९ जना कोरोना संक्रमणपछि निको भएको र नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको पनि डा गौतमले बताए । 

उनका अनुसार नेपालमा कोरोना संक्रमणपछि निको हुनेको दर कुल संक्रमितको तुलनामा ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

यस्तै नेपालभर विभिन्न संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना संक्रमितहरु रहेका छन् भने ७ हजार २ सय ७५ जना होम आइसोलेसनमा बसिरहेका छन् । 

यसैगरी हाल नेपालभर १५ हजार ३ सय ९३ सक्रिय संक्रमितको संख्या रहेको छ भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2020-09-14 16:24:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts