स्वास्थ्य सामग्री खरिदमा विवादास्पद बनेको ओम्नी एक वर्षका लागि खरिद प्रक्रियामा सहभागी हुन नपाउने



Download our app to get more features

काठमाडौं, २९ भदौ । सरकारले स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षका लागि अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमवारबाट लागू हुने गरी ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउनका लागि ओम्नी समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा स्वास्थ्य उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएपछि सम्झौता पछि रद्द गरिएको थियो ।

कोरोना महामारीको लडाईंमा आवश्यक पर्ने पञ्जा, मास्क, पीपीई, पिसिआर परीक्षण किट लगायतको सामाग्रीमा ओम्नीले निकै महँगो मूल्यमा खरिद सम्झौता गर्नुका साथै समयमै सामान नेपाल ल्याउन सकेको थिएन । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts