नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक लामामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ भदौ । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा कोरोना संक्रमित भएका छन् ।
आइतवार स्वाब परीक्षणका लागि दिएका उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
लामा दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पु¥याएर नेपाल फर्किएका थिए ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी सोल्टी होटलमा आइसोलेसनमा बसेका छन् । उनले सामाजीक सञ्जालमार्फत् आफूमा कोरोना संक्रमण पुष्टि भएको र हाल आइसोलेसनमा बसिरकेको बताएका छन् ।
उद्दार उडानमा रहेको नेपाल एयरलाइन्सका कर्मचारीमा यसअघि पनि कोरोना संक्रमण देखिएको थियो ।