नेपाल नर्सिङ काउन्सिलले लाइसेन्सको परीक्षा लिने



Download our app to get more features

काठमाडौं, २९ भदौ ।   नेपाल नर्सिङ काउन्सिलले दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा गर्ने तयारी थालेको छ।

कोरोना महामारीका कारण काउन्सिलले असारमा गर्ने भनी तय गरेके परीक्षा हुन पाएको छैन। 

नेपाल नर्सिङ काउन्सिन्लका अध्यक्ष गोमा निरौलाले केही दिनमै परीक्षा फारमका लागि सूचना जारी गर्ने बताइन। उनले परीक्षा फारमको सूचना निकालेपछि कुन प्रदेशमा कति विद्यार्थी हुन्छन् भनेर परीक्षा केन्द्रको तयार गर्ने बताईन् । 

काउन्सिलले प्रदेश अनुसार परीक्षा फारम भर्ने र पायक पर्ने परीक्षा केन्द्र राख्ने भनिएको  छ।

सयभन्दा कम विद्यार्थी भएको प्रदेशका विद्यार्थीलाई नजिक पायक पर्ने परीक्षा केन्द्रमा व्यवस्था गर्ने तयारी काउन्सिलको छ।

यसपटक देशभरबाट करिब ३ हजार परीक्षार्थी लाइसेन्स परीक्षामा सहभागी हुने अनुमान गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts