भीम अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुषको मृत्यु



Download our app to get more features

रुपन्देही, २९ भदौ । भीम अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।  
बुटवलको बेलवासमा बस्दै आएका शिवराज ५ का पुरुषको गएराती मृत्यु भएको हो । दमको समस्या देखिएका उनको राती १०ः२६ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए।
यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए । उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिएको थियो।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts