पूर्वी नवलपरासीकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु



Download our app to get more features

चितवन, २९ भदाै । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप एक जना काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ ।

पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–९ का ६२ वर्षीया वृद्वाको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्साल जानकारी दिए । उनकाे भदाै २७ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । स्वासप्रश्वासको समस्या देखिएकाे ती मृतक महिलाकाे आइसीयूमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

याेसँगै अहिलेसम्म चितवनमा २९ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका १२ जनाकाे मृत्‍यु भईसकेकाे छ ।

Last modified on 2020-09-14 08:53:25

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts