चितवनका २ वर्षीय बालकसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २९ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका २ वर्षीय बालक र ४ वर्षीया बालिका सहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
आइतवार अबेर रातिसम्म गरिएकाे परीक्षणकाे नतिजा अनुसार चितवनका थप २८ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।
उनका अनुसार चितवनका संक्रमण पुष्टि हुनेमा १९ जना पुरूष र ९ जना महिला रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा ७ जना पुरूष र ४ जना महिला सहित ११ जना छन् ।
कालिका नगरपालिकाका महिला र पुरूष समान पाँच/पाँच जना छन् । त्यहाँ संक्रमित हुनेमा २ वर्षीय बालक र ४ वर्षीया बालिका समेत छन् । त्यस्तै रत्ननगर नगरपालिकाका एक जना पुरूष र इच्छाकामना गाउँपालिकाका छ जना पुरूष रहेका छन् ।
आइतवार प्रयाेगशालामा अबेर रातिसम्म १ सय ७३ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती २८ जनामा संक्रमण देखिएकाे हाे । बाँकी १ सय ४५ वटा नमुनाकाे रिपोर्ट भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिईन् ।
उनीहरूकाे नतिजा साेमबार बिहान सार्वजनिक गरिएकाे हाे । भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा उनीहरूकाे स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।
याेसँगै अहिलेसम्म चितवनमा काेराेना संक्रमितकाे संख्या १२ सय ८६ पुगेकाे छ । झन्डै तीन सय जना निकाे भईसकेका छन् । त्यस मध्ये चितवनका १७ जना संक्रमितकाे मृत्यु भएकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।