कपिलवस्तुकी ४७ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

रुपन्देही, २९ भदौ । कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो ।
उनी मिर्गौला रोगबाट पीडित रहेको डायलासिस भइरहेको बताइएको छ ।