काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च, एकैदिन ५९७ जना थपिए 



Download our app to get more features

काठमाडौं, २८ भदौ । पछिल्लो २४ घन्टामा  काठमाडौं उपत्यकामा ५ ुय ९७ कोरोना संक्रमित थपिएका छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २  र भक्तपुरमा ९ सय ८८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  
 यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts