आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा अब दुई हजार मात्रै तिर्नुपर्ने



Download our app to get more features

काठमाडौं, २८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो पटक कोरोना परीक्षणको शुल्क घटाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले यसअघि तोकेको कोरोना परीक्षणको शुल्क समायोजन गर्दै दुई हजार तोकेको बताएका छन् ।

उनले अबदेखि कोरोनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार मात्रै तिर्नुपर्ने उल्लेख गरे ।

यसअघि मन्त्रालयले स्वाब परीक्षण गर्दा ४ हजार र स्वाब संकलन गरेर परीक्षण गर्दा ४ हजार ४ सय लिन सक्ने व्यवस्था गरेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts