कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु, ६ जना काठमाडौंको

काठमाडौं, २८ भदौ । नेपालमा थप ९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ जना महिला र ६ जना पुरुष गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ६५ वर्षीया दुई जना महिला र कास्कीका ४५ वर्षीया एक जना महिला रहेका छन् ।
यसैगरी मोरङका ६९ वर्षीय, काठमाडौंकै ५९, ७०, ६४, ५९ र सिन्धुपाल्चोकका ५९ वर्षीया पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ भने मृत्यु दर शून्य दशमलव ६४ प्रतिशत पुगेको छ ।
यस्तै नेपालभर हाल २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १ सय ६९ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
Last modified on 2020-09-13 18:35:27