नेपालमा थपिए १ हजार ३९ नयाँ कोरोना संक्रमित, ११ सय ७३ स्वस्थ

काठमाडौं, २८ भदौ । नेपालमा थप १ हजार ३९ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको ९ हजार १ सय ६५ पिसिआर परीक्षणमा थप १ हजार ३९ जना मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा योसँगै संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा ११ सय ७३ जना कोरोना संक्रमणमुक्त भएको र नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।
Last modified on 2020-09-13 16:25:45