पर्सामा कोरोनालाई जितेकाहरुले अरु सङ्क्रमितलाई परामर्श दिँदै



Download our app to get more features

पर्सा, २८ भदौ । पर्सामा कोरोना सङ्क्रमण जितेकाहरुले अरु सङ्क्रमितको घर घरमै पुगेर  परामर्श दिन सुरु गरेका छन् । 

होम आइसोलेशनमा बसेका सङ्क्रमितको घर घरमै पुगेर हौसला बढाउनुका साथै वरपरका छिमेकीलाई पनि सङ्क्रमितलाई सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् । 

शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका सङ्क्रमितको घरैमा पुगेर अभियानको सुरुवात गरेकाहुन । कोरोना सङ्क्रमितलाई समाजमा पुनर्स्थापना गर्न चुनौती देखिएको र लक्षण नदेखिएकाहरुलाई पनि होम आइसोलेशनमै बस्न असहज भइरहेको अवस्थामा सहज बनाउन पहल थालिएको हो । 

 कोभिड सङक्रमणबाट मुक्त भएकाहरुले स्थापना गरेको कोभिड वारियर्स नामक संस्थाको पहलमा सङ्क्रमितहरुको घर-घरमै पुगेर हौसला बढाउने अभियान सुरु भएको हो । 

कोभिड वारियर्सले सङ्क्रमितहरुलाई हौसला बढाउनुका साथै टोल छिमेकमा कोभिड सङ्क्रमितलाई हेर्ने दृष्टिकोण बदल्न सचेतना फैलाउने काम गर्ने छ । अभियानको सुरुवात गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सङ्क्रमण जितेकाहरुले सुरु गरेको यो अभियान पृथक र प्रभावकारी हुने बताए  । 

हरेक दिन होम आइसोलेशनमा बसेका सङ्क्रमितको घर-घरमा पुगेर उनीहरुलाई हौसला दिनुका साथै गाउँरसमाजलाई पनि यसबारे चेतना जगाउँदै हिँड्ने अभियानलाई सार्थक बनाउन पनि उनले आग्रह गरे । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts