बंगलादेशले उपलब्ध गराएको रेमडिसिभर आज नेपाल सरकारलाई हस्तान्तरण गरिने



Download our app to get more features

काठमाडौं, २८ भदौ । बंगलादेश सरकारले उपलब्ध गराएको रेमडिसिभर औषधि आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ नेपाल ल्याइएको ५ हजार भाइल रेमडिसिभर औषधि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मा लगाइने भएको छ ।

भदौ ११ मा बंगलादेशको बेक्जिम्को फार्मास्युटिकल्स कम्पनी, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई उपलव्ध गराएको ५ हजार भाइल रेमडिसिभर औषधि बंगलादेशका लागि नेपाली राजदूत डा बंशीधर मिश्रलाई हस्तान्तरण गरेको थियो । तर, हवाई उडान नहुँदा सहयोगमा पाएको औषधि नेपाल ल्याउन समस्या भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts