कोरोना संक्रमणका कारण साउदी र कतारमा गरी थप ४३ जना नेपालीको मृत्यु

काठमाडौं, २८ भदौ । कोरोना भाइरसको संक्रमणका कारण साउदी अरब र कतारमा गरि थप ४३ जनाको मृत्यु भएको छ ।
गैर आवासीय नेपाली संघका अनुसार यो साता कतारमा २ जना र साउदी अरबमा थप ४१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
साउदी अरबस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको सूचना अनुसार मार्च महिनायता सउदी अरबमा गत साता ४१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै साउदी अरबमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै कतारमा पनि यो साता थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण हालसम्म बेलायत, दुबई, साउदी अरब, बहराइन, कुवेत, कतार, भारत, दक्षिण अफ्रिका, अमेरिका लगायत विभिन्न १६ देशमा हालसम्म २ सय ४३ जनाको मृत्यु भएको गैर आवासीय नेपाली संघले जनाएको छ ।