सिभिल अस्पतालका ६ जना कर्मचारी कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, २७ भदौ । मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा कार्यरत ३ नर्ससहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । स‌ंक्रमण नियन्त्रणकै लागि खटिएकी एक सिनियर नर्ससहित शल्यक्रिया कक्ष तथा रगतरोग विभागमा कार्यरत नर्सहरुमा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड इन्चार्ज डा‍. विदेश विष्टले बताए । 

उनका अनुसार अस्पतालका सुरक्षा गार्ड, एक लेखाका कर्मचारी र हेल्परलाई पनि कोरोना संक्रमण देखिएको छ ।  सबैको स्वास्थ्य अवस्था हाललाई सामान्य नै भएपनि सबैलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

Last modified on 2020-09-12 22:35:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts