देशभर १ सय ८४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं, २७ भदौ । शनिबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जना भेन्टिलेटरमा र १ सय ६० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १सय ९ जना आइसियु र २१ जना भेन्टिलेटरमा, प्रदेश ५ मा २२ जना आइसियु र २ जना भेन्टिलेटरमा, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, प्रदेश १ मा ५, प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन् ।