चितवनमा सक्रिय संक्रमितको संख्या ९ सय २८, झन्डै ३ सय जना स्वस्थ



Download our app to get more features

चितवन, २७ भदाै । चितवनका काेराेना भाइरस (काेभिड-१९) काे सक्रिय संक्रमितकाे संख्या अहिले ९ सय २८ जना रहेका छन् ।

शनिवार दिउँसोसम्मकाे तथ्याङ्क अनुसार चितवनमा सक्रिय संक्रमितकाे संख्या ९ सय २८ जना रहेका भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए ।

उनका अनुसार जिल्लामा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । ७ सय ३६ जना पुरूष र ५ सय ७ जना महिलासहित अहिलेसम्म चितवन जिल्ला भित्रका संक्रमितकाे संख्या १२ सय ४३ जना पुगेकाे छ । जसमध्ये २ सय ९९ जना निकाे भइसकेका छन् ।

त्यस्तै अहिलेसम्म चितवनका १६ जना काेराेना संक्रमितकाे मृत्यु भईसकेकाे छ ।

शनिवार दिउँसोसम्मकाे तथ्याङ्क अनुसार भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा अन्य जिल्लाका समेतगरि २३ हजार १ सय ३० नमुनाकाे आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे छ । त्यसमध्ये चितवन जिल्ला भित्रका मात्रै १९ हजार ७ सय दश नमुना परीक्षण गरिएकाे सूचना अधिकारी पाैडेलले जानकारी दिए ।

Last modified on 2020-09-12 19:42:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts