नेपालमा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ३ सय ३६ पुग्यो



Download our app to get more features

काठमाडौं, २७ भदौ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ महिला ११ पुरुष गरि थप १४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा पर्साका ७८ वर्षीया, काठमाडौंका ७६ वर्षीया र तनहुँका ७६ वर्षीया ३ जना महिलाहरु रहेका छन् ।

यसैगरी सुनसरीका ४३ वर्षीय, काठमाडौंका ५१ वर्षीय, ५४ वर्षीय, भक्तपुरका ७२ वर्षीइ, ३८ वर्षीय, चितवनका ६१ वर्षीय, स्यांग्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय, कास्कीका ५१ वर्षीय, रुपन्देहीका ६० र ४० वर्षीय पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ भने कुल संक्रमितमध्ये मृत्यु दर शून्य दशमलव ६३ प्रतिशत रहेको छ ।

यस्तै हाल नेपालभर १ सय ६० जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

Last modified on 2020-09-12 21:53:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts