चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



Download our app to get more features

चितवन, २७ भदाै । एकैदिन चितवनका ९८ जनामा काेराेना भाइरसकाे (काेभिड-१९) संक्रमण पुष्टि भएकाे छ ।

भरतपुर १० स्थित रहेकाे चितवन मेडिकल कलेज (सीएमसी) मा चितवनका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै शनिवार मात्रै चितवनका ९८ जनामा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएकाे हाे ।

यसअघि शनिवार बिहानै प्राप्त नतिजा अनुसार भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका तीन वर्षीय बालक सहित थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् ।

यसअघि शनिवार बिहान भरतपुर महानगरपालिकामा मात्रै ७३ जना थिए । अहिलेकाे थप ९ जना सहित भरतपुर महानगरपालिकाका मात्रै शनिवार एकैदिन ८२ जना संक्रमित थपिएका छन् ।

चितवन मेडिकल कलेजकाे कोभिड ल्याबमा जिल्ला बाहिरका संक्रमित हुनेमा नवलपरासी पूर्वका ८ जना, बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका समान एक/एक जना गरी १३ जना रहेका छन् ।

उनीहरूकाे चितवन मेडिकल कलेज र भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts