स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं, २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै मन्त्रालयले कार्यकारी निर्देशक पदको दरखास्त आहन गरेको हो ।
१५ दिन भित्र मन्त्रालयमा दरखास्त दिन सकिने छ । कार्यकारी निर्देशक पदको योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र,व्यवस्थापन कानून,चिकित्साशास्त्र,जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धि विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रको कम्तिमा १० वर्षको योग्यता भएको हुनुपर्ने छ ।
स्वास्थ्य बीमा ऐन २०७४ को दफा २० बमोजिम कार्यकारी निर्देशक पदको आहन गरेको हो ।
यसअघि खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक भएका रमेश खरेलले असारमा कार्यकाल नसकिँदै राजीनामा दिएपछि बोर्ड निर्देशकबिहीन छ ।
तत्कालका लागि स्वास्थ्य मन्त्रालयले निमित्त निर्देशकका रुपमा डा. राधिका थपलियालाई पठाएपनि स्वास्थ्य बीमा ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्नुपर्छ ।