मेघा अस्पतालमा भक्तपुरका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, २७ भदौ । भक्तपुरका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
ललितपुर स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गदै भक्तपुरका ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
भदौ २६ गते ललितपुरको मेघा अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा भदौ २७ गते शनिबार बिहान ७:४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, शनिबार बिहानै पोखरा तथा रुपन्देहीमा पनि कोरोना संक्रमितको मृत्यु भएको छ।
Last modified on 2020-09-12 10:53:14