लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना पुरुषको मृत्यु  



Download our app to get more features

रुपन्देही, २७ भदौ । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

ओमसतिया ४ का ४० वर्षिय पुरुषको मध्यराती १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उच्च ज्वरो आएपछि कोरोना बिषेश अस्पतालमापुगेका उनको १४ गतेनै कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखिएपछि प्रादेशिक अस्पतालले संचालन गरिरहेको कोरोना बिषेश अस्पतालको भेन्टिलेटरमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा शुक्रबार रातीबाट स्वास्थ्यमा समस्या बढेको र मध्यराती निधन भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

आज भएको मृत्युसंगै रुपन्देहीमा संक्रमितको मृत्यु हुनेको संख्या १५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts