प्राथमिक उपचारका लागि के के कुरामा ध्यान दिने ?
काठमाडौं, २७ भदौ । आज विश्व प्राथमिक उपचार दिवस नेपालमा पनि मनाइँदै छ ।
‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज यो दिवस मनाउन लागिएको हो ।
प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।
यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रमको आयोजना नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यद्यपि नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू ७७ वटै जिल्लामा आयोजना गरेर मनाउने बताएको छ ।
हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
सामान्य भाषमा भन्दा, प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।
प्राथमिक उपचारका सिद्धान्तहरूः
सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।
भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।
सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।
यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।
घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।
घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रूपमा चलाईरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।
घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।
गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।
प्राथमिक उपचारका उद्देश्यहरूः
घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ ।
श्वासनली
श्वासप्रश्वास
रक्तसञ्चार
चोटपटक
वातावरण
घाइतेको अवस्था झन् बिग्रन नदिने
घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
तुरुन्त निको पार्ने
घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने
बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने
प्राथमिक उपचारका विधिहरू:
अवस्थाको अवलोकन
आँखाले हेर्ने
– बिरामीले सास फेरेको छ कि छैन हेर्ने
– बिरामी नीलो भएको छ कि छैन हेर्ने
– घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
– घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
– बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ
कानले सुन्ने
– घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
– सास फेरेनफेरेको आवाज सुन्ने
– यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने
नाकले सुघ्ने
– घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने/छोएर जाँच गर्ने
– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने
चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ । आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ । आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ ।
घाइतेको सुरक्षा गर्नुपर्छ, घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने, घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने ।
प्राथमिक उपचार अन्तर्गत चाहिने सामग्रीहरुः
ब्यान्डेज, ह्यान्डिप्लास्ट, कपास, डेटोल, सिटामोल, बेटाडिन, कैची, सेफ्टिी पिन, साबुन लगायत