चितवनका तीन वर्षीय बालकसहित थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भरतपुरमा मात्रै ७३ जना थपिए



Download our app to get more features

चितवन, २७ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका तीन वर्षीय बालक सहित थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

शुक्रवार राती १२ बजेसम्म गरिएकाे परीक्षणकाे नतिजा अनुसार चितवनका थप ८७ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार चितवनका संक्रमण पुष्टि हुनेमा ५८ जना पुरूष र २९ जना महिला रहेका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा मात्रै ७३ जना छन् । उनीहरू ३ वर्षीय बालकदेखि ९० वर्ष उमेर समूहका ५० जना पुरुष र १५ देखि ५२ वर्ष उमेर समूहका २३ जना महिला रहेका छन् । संक्रमित हुनेमा भरतपुर महानगरपालिका १, २, ३, ५, ६, ७, ९, १०, ११, १२ र १५ नंम्वर वडाका छन् ।

त्यस्तै अन्य संक्रमित हुनेमा रत्ननगर नगरपालिका १३ र १५ नंम्वर वडाकी ११ र ४९ वर्षीया दुईजना महिला छन् । त्यस्तैगरि खैरहनी नगरपालिकाका समान दुई/दुई जना महिला र पुरूष रहेका छन् । त्यसैगरि कालिका नगरपालिकाका ६ जना पुरूष र २ जना महिला रहेका छन् ।

शुक्रवार प्रयाेगशालामा राति १२ बजेसम्म ५ सय ३३ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती ८७ जनामा संक्रमण देखिएकाे हाे । बाँकी ४ सय ४६ वटा नमुनाकाे रिपोर्ट भने नेगेटिभ आएकाे प्रयाेगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिईन् । उनीहरूकाे नतिजा शनिवार बिहान सार्वजनिक गरिएकाे हाे ।

भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा उनीहरूकाे स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-09-12 07:29:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts