विराटनगरमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु



Download our app to get more features

विराटनगर, २६ भदौ ।  विराटनगरस्थित कोशी अस्पताल कोभिड उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ग्रामथान गाउँपालिका की ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको उपचार केन्द्रका संयोजक डा। दीपक सिग्देलले जानकारी दिए।

सिग्देलका अनुसार ती महिला उपचारका लागि बिहीबार कोशी अस्पतालमा भर्ना भएकी थिइन्। बिहीबार नै स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि थप उपचारका लागि कोभिड उपचार केन्द्र लगिएको थियो। उपचारकै क्रममा शुक्रबार मृत्यु दिउँसो भएको हो।

ती महिलामा मधुमेह र उच्च रक्तचापको पनि समस्या रहेको थियो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts