भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमित थपिए 



Download our app to get more features

एजेन्सी, २६ भदौ । भारतमा गएको एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

गएको २४ घण्टामा थप ९६ हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४५ ला ५९ हजार सात सय २५ पुगेको छ । 

भारतमा कोरोनाका कारण गएको २४ घण्टामा १२ सय १३ जनासमेत गरी ७६ हजार तीन सय चार पुगेको छ ।

 विश्वमा गएको २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको छ । 

सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३ लाखभन्दा धेरै निको भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts