भरतपुर अस्पतालमा उपचाररत चितवनका थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन, २६ भदाै । भरतपुर अस्पतालमा उपचाररत चितवनका थप एक जना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–५ का ६१ बर्षिय पुरूषकाे आज(शुक्रवार) उपचारकाे क्रममा साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ । भदाै २४ गते काेराेना संक्रमण पुष्टि भएका उनी उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २५ गते अस्पताल भर्ना भएका थिए ।
मृतक ती पुरूषकाे भेन्टिलेटरको सहायताले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उता मृत्युपछि शुक्रवार बिहान आएको पिसिआर नतिजामा भरतपुर १० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ बर्षिय महिला रहेकी छन् ।
भदौ २३ गते दमको समस्याले अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड आइसीयूमा मृत्यु भएको थियो ।
याेसँगै अहिलेसम्म चितवनमा २६ जना संक्रमितकाे मृत्यु भईसकेकाे छ । त्याे मध्ये जिल्ला भित्रका काेराेना संक्रमितकाे मृत्यु हुनेकाे संख्या १५ पुग्याे । यहाँ उपचारकाे क्रममा विभिन्न अस्पतालमा गरी जिल्ला बाहिरका ११ जनाकाे मृत्यु भईसकेकाे छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।