लुम्विनी प्रादेशिक अस्पतालमा थप एकजना पुरुषको मृत्यु

रुपन्देही, २६ भदौ । लुम्विनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत देबदह नगरपालिका ६ का ६० बर्षिय पुरुष मृत्यु भएको हो ।
भदौ २६ गते ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या लिएर आएकाले अस्पतालको फिभर क्लिनिक आईसोलेसनमा उपचाररको क्रममा साझ ५ः३७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनमा दम तथा छारेरोगको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।