काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिए

काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंमा ६ सय २० जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जना रहेका छन्। गत २४ घण्टामा देशभर १४ सय ५४ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
कोरोनाको आशंकामा हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ रहेको छ भने हाल देशभर १४ हजार ९ सय २५ जना संक्रिय संक्रमित रहेका छन्।
यसैगरी हालसम्म ३ सय २२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
Last modified on 2020-09-11 19:28:55