नेपालमा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ३ सय २२ पुग्यो

काठमाडौं, २६ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा एक जना ४० वर्षीया महिला मोरङकी रहेकी छिन् भने अन्य ४ जना पुरुषहरु क्रमशः काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय र नवलपरासीका ५५ वर्षीय रहेका छन् ।
नेपालमा कुन संक्रमितको तुलनामा मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत रहेको छ ।
यस्तै हाल नेपालभर १ सय ७० जनाको आईसीयूमा उपचार भइरहेको छ भने २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।