नेपालमा कोरोना संक्रमितको संख्या ५२ हजार नजिक, ७१ प्रतिशत स्वस्थ

काठमाडौं, २६ भदौ । नेपालमा थप १४ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा नेपाल भर पछिल्लो २४ घन्टामा गरिएको १० हजार ७ सय १ पिसिआर परीक्षणको क्रममा १४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको बताए ।
यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय ७२ जना कोरोना संक्रमित स्वस्थ भएको र नेपालभर कोरोना संक्रमणपछि निको हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको पनि डा गौतमले बताए । उनका अनुसार नेपालमा कुल संक्रमित संख्या अनुसार ७१ प्रतिशत पुगेको छ ।
Last modified on 2020-09-11 16:25:40