विशेषज्ञ चिकित्सक आवश्यक भए ५ दिनभित्र निवेदन दिनू : स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, २६ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सक आवश्यक भएका सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरुलाई ५ दिनभित्र मन्त्राललयमा निवदेन पेस गरे सूचना जारी गरेको छ।

नीति योजना तथा अनुगमन महाशाखाले भदौ २५ गते सूचना जारी गर्दै नेपाल सरकार अन्र्तगतका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुलाई  विशेषज्ञ चिकित्सक आवश्यक भएमा माग गर्न भनेको छ।

छात्रवृत्तिमा स्नात्तकोत्तर  तह एमडी क्लिनिकल एनाटोमी र एमडी क्लिनिकल फिजियोलोजी विषयमा अध्ययन गरेका विशेषज्ञ जनशक्ति आवश्यक भएका संस्थाले पाँच दिनभित्र मन्त्रालयमा निवेदन दिनुपर्ने छ।

मन्त्रालयले सरकारी शिक्षण संस्थाहरुमा चिकित्सा शास्त्र छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ बमोजिम सूचना जारी गरेको छ । 
 

Last modified on 2020-09-11 12:14:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts