मध्यबिन्दु जिल्ला अस्पतालको सेवा प्रतिक्षालयबाट



Download our app to get more features

नवलपरासी,२६ भदौ । नवलपरासी बर्दघाटको कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालले प्रतिक्षालयबाट ओपीडी सेवा दिन थालेको छ ।

जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय  सहयोगीमा  कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतिक्षालयबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बताए ।  

बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतिक्षालयबाट सेवा दिइने छ ।  जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोरोनाको जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उनले बताए । 

अस्पतालका कुनै पनि सेवा नरोकिएको छैन्, बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उनले जानकारी दिएकाछन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts