चितवनका ३१ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, २६ भदाै । भरतपुरस्थित प्रयाेगशालामा गरिएकाे परीक्षणमा चितवनका ३१ सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

बिहीवार राती ११ बजेसम्म गरिएकाे परीक्षणकाे नतिजा अनुसार चितवनका ३१ सहित थप ३४ जनामा काेराेना भाइरस (काेभिड-१९) संक्रमण पुष्टि भएकाे प्रयाेगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिईन् ।

उनका अनुसार चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका २६ जना पुरुष र २४ देखि ५४ वर्ष उमेर समूहका ५ जना महिला रहेका छन् । अन्य जिल्लाका सक्रमित पुष्टि हुनेमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जना छन् ।

यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । बिहीवार प्रयाेगशालामा राति ११ बजेसम्म १ सय ५६ वटा नमुना परीक्षण गरिएकाे मध्ये ती ३४ जनामा संक्रमण देखिएकाे हाे ।

उनीहरूकाे नतिजा शुक्रवार बिहान सार्वजनिक गरिएकाे हाे । भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा उनीहरूकाे स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएकाे हाे ।

Last modified on 2020-09-11 20:22:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts