पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ भदौ । कोरोना संक्रमणका कारण काठमाडौंका थप एक जनाको मृत्यु भएको छ ।
काठमाडौंका ६३ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा भर्ना भएका ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।