भरतपुर काेराेना ल्याबलाई अटोमेटिक पिसिआर मेशिन सहयोग, अब रिपोर्ट छिटो हुने विश्वास

चितवन, २५ भदाै । भरतपुरस्थित काेराेना प्रयाेगशालालाई अटोमेटिक पिसिआर मेशिन निःशुल्क सहयोग प्राप्त भएकाे छ ।
अविनाश ग्रुपले भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालालाई अटोमेटिक पिसिआर मेशिन सहयोग गरेको हाे ।
प्रयाेगशालामा बिहीवार एक कार्यक्रमबीच अविनाश ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई संयुक्त रूपमा साे मेशिन हस्तान्तरण गरेका हुन् ।
यसअघि मेनुअल पिसिआर मेशिनबाट काेराेना परीक्षण हुँदा रिपोर्ट ढिला भइरहेको थियाे । अब यस मेशिनबाट परीक्षण गर्दा पहिलेभन्दा केही हदसम्म भएपनि रिपोर्ट छिटो हुने विश्वास गरिएकाे छ ।
एकैपटक धेरै नमुना संकलन हुने हुँदा यस प्रयाेगशालामा अहिले स्वाब दिएकाे झन्डै एक सातासम्म समेत रिपोर्ट कुर्नु पर्ने बाध्यता छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।