काठमार्डौ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं, २५ भदौ । बिहीबार काठमाडौं उपत्यकामा ५ सय ७२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
यो सहित उपत्यकामा कोराा संक्रमितको संख्या १० हजार १२ पुगेको छ।
काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८ सय ५२ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। २४ घण्टा १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ।
काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्न विज्ञहरुको सुझाव छ ।